१६ मंसिर/अर्थ र व्यापार– चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ शिवघाटमा एक अर्बको लगानीमा पोलिस्याक उद्योग खुल्ने भएको छ ।
१२ जना युवा उद्यमीहरुले दुई विगाह जमिनमा आशिर्वाद पोलिस्याक इन्डस्ट्रिज स्थापना गर्न लागिएको हो । उद्योगबाट ६ महिना पछि उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ ।
उद्योगका अध्यक्ष एवं युवा व्यवसायी विजयबहादुर घलेले उद्योगले पीपी बोरा, त्रिपाल र फेब्रिक उत्पादन गर्ने जानकारी दिए ।
उद्योगले उत्पादन गरेका ३० प्रतिशत फेब्रिक भारतलगायत खाडीका विभिन्न मुलुकहरूमा निर्यात गर्ने योजना छ। उद्योगका लागि आवश्यक कच्चा पदार्थ भारतसहितका तेस्रो मुलुकबाट आयात गरिनेछ ।
उद्योग सञ्चालनपछि १५० जनाले प्रत्यक्ष रोगजारी पाउने प्रवन्ध निर्देशक गोपाल गौतमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया