logo

नयाँ नेचुरल तथा हर्बल प्रोडक्टहरुको कारण भारतमा पतन्जलीको अवस्था कमजोर बन्दै

    2141   पटक पढिएको

१ भदौ/अर्थ र व्यापार– बाबा रामदेवको पतन्जली आयुर्वेदका उत्पादनहरुको बिक्रीमा बिगत एक वर्षदेखि गिरावट आएको छ ।

भारतमा क्यान्टर वर्ल्ड प्यानलले हालै गरेको अध्ययनपछि सार्वजनिक गरेको तथ्यांक अनुसार पतन्जलीको बिक्रीमा अक्टोबर देखि मार्च २०१८ सम्ममा ७ प्रतिशतको बृद्धि देखिएको छ । जबकि यो गत वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्ममा २२ प्रतिशत थियो ।

अघिल्लो वर्षसँग तुलना गर्दा बिगत दुई वर्ष यताको अवधिमा पतन्जलीको बिक्रीमा ५२ प्रतिशतले गिरावट आइसकेको छ ।

एक साताअघि क्रेडिट सुइसले आफ्नो प्रतिवेदनमा पतन्जलीको सेल्स ग्रोथमा बिगत ४ वर्षयता बृद्धि नदेखिएको बताएको छ ।
यसबाट अघिल्लो वर्षसम्म कम्पनीले पूर्णतया कम्पाउन्ड एनुअल ग्रोथ रेट (सीएजीआर)बाट मात्रै बृद्धि हासिल गरेको देखिएको क्रेडिट सुइसले आफ्नो प्रतिवेदनमा भनेको छ । 

तर पतन्जलीका प्रवक्ता एस के तिजारावालाले एफएमसीजी सेक्टरमा पतन्जलीले सबैभन्दा ठूलो बजार पाएको छ । अब मार्केटमा हाम्रो ब्राण्ड स्थापित भैसकेको र मार्केट शेयर पनि बढिरहेकाले अन्य एफएमसिजी कम्पनीहरुकै बराबर ग्रोथ हासिल गरिरहेको बताएका छन् । 

सन् १९९७ मा एउटा सानो फार्मेसीबाट सुरु भएको पतन्जलीको हाल दुई दर्जनभन्दा धेरै मेनस्ट्रीम एफएमसीजी उत्पादनहरु छन् । यसमा टुथपेष्ट, स्याम्पु तथा अन्य पर्सनल केयरका उत्पादनहरुदेखि लिएर कर्नफ्लेक्स र चाउचाउ जस्ता आधुनिक खानेकुराहरु पनि छन् ।

विज्ञहरुका अनुसार पतन्जलीको ग्रोथका पछाडि बाबा रामदेवका प्रशंसकहरुकै हात थियो । उनीहरुले बाबा रामदेवको नामकै कारण यी उत्पादनलाई किनेका थिए । 

तर ब्रोकरेज फर्म एम्बिटको प्रतिवेदनका अनुसार बिगत एक वर्षमा पतन्जलीका टुथपेष्ट र महको मात्रै मार्केट शेयर बढेको छ । पतन्जलीको साबुन र खाने तेलको मार्केट शेयर स्थिर छ तर हेयर आयल, स्याम्पु तथा नौनीमा गिरावट आएको छ ।

पतन्जलीका धेरैजसो प्रतिद्वन्दी कम्पनीहरुले नेचुरल तथा हर्बल प्रोडक्टहरु पनि धमाधम लञ्च गरेकाले पतन्जलीको  अवस्था कमजोर हुँदै गएको बताइन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।