१७ फागुन /अर्थ र व्यापार - निम्बस समूहले आफ्नो उत्पादन क्षमता विस्तार गरेको छ । निम्बस समूहले वीरगंजस्थित प्रोबायोटेक इण्डष्ट्रिज प्रालि युनिट (५ को मासिक उत्पादन क्षमता २ हजार टनमा ५० प्रतिशत विस्तार गर्दै उत्पादन क्षमता ३ हजार टन पुर्याएको हो । युनिट(५ ले व्यंजन र सुनौलो ब्राण्डमा तोरी, सूर्यमुखी र भटमासको खानेतेल उत्पादन गर्दै आएको छ । बजार माग सम्बोधन गर्न सूर्यमुखी(सन फ्लावर) तेलको उत्पादन विस्तारका लागी लगानी थपिएको उद्योग व्यवस्थापनले जानकारी दिएको छ ।
विस्तारित क्षमता अनुसार फागुन अन्तिम सातादेखि उत्पादन शुरु गरिने प्रोबायोटेकको कार्यकारी निर्देशक दिनेश गौतमले बताए । क्षमता विस्तारमा प्रशोधन इकाइ जडानको लागी ४ करोड रुपैयाँ लगानी थपिएको छ । नेपालमा औद्योगिक उत्पादनको क्षेत्रमा विश्व बैंक अन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बाट प्रत्यक्ष वैदेशिक लगानी गरिएको निजी क्षेत्रको यो पहिलो उद्योग हो ।
तपाईको प्रतिक्रिया