logo

नवौं निक इलेक्ट्रो टेक २०१८ सुरु , एक लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा

    3319   पटक पढिएको

६ पुस/ अर्थ र व्यापार  - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वदेशी उद्योगबाट उत्पादित विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता दिने भएको छ । स्वदेशी उद्योगको संरक्षण तथा विद्युतीय सामग्री आयातलाई क्रमशः विस्थापन गर्ने नीतिअनुरूप सो कार्य गर्न शुरु गरिएको मन्त्रालयले जनाएको छ ।

वर्सेनि ९० अर्बभन्दा माथिको विद्युतीय सामग्रीको आयात हुने गर्दछ । कूल खपतको पाँच प्रतिशत मात्र स्वदेशी उद्योगबाट उत्पादित सामग्रीले माग पूरा गर्ने गरेको एक कार्यक्रममा जानकारी दिइयो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युतीय व्यवसायी महासङ्घद्वारा आयोजित ‘निक इलेक्ट्रो टेक २०१८’ शुभारम्भ गर्दै आर्थिक समृद्धिको आधार ऊर्जा विकास नै रहेकामा जोड दिए ।

उनले स्वदेशी उद्योगबाट उत्पादित विद्युतीय सामग्री उपयोगलाई पहिलो प्राथमिकता दिने नीतिलाई कार्यान्वयन गरिएको जानकारी दिए । विद्युतीय सामग्रीका बारेमा आम उपभोक्तालाई जानकारी दिने ध्येयले आयोजित नवौँ संस्करणको सो प्रदर्शनीमा ७५ भन्दाबढी प्रदर्शनी कक्ष रहेका छन् । यही पुस १० गतेसम्म जारी रहने प्रदर्शनीमा एक लाखले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले आर्थिक समृद्धिका लागि ऊर्जा, पर्यटन र कृषिमा राज्यको लगानी बढाउन सुझाव दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति सरकारको हुनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।