२१ पुस/अर्थ र व्यापार– ११० सिसीमा आउने टिभिएस जुपिटर स्कुटर अब १२५ सिसीको इन्जिनमा आउने भएको छ । कम्पनीले ३–४ महिना भित्रै यो स्कुटर बजारमा ल्याउने भएको हो ।
भारतीय संचार माध्यम नवभारत टाइम्सका अनुसार नयाँ टिभिएस जुपिटर पहिलेको भन्दा बढी पावरफुल र स्पोर्टी हुने बताइएको छ ।
टिभिएस जुपिटरले बजारमा होण्डा एक्टिभा १२५, हिरो डेस्टिनी १२५ र सुजुकी एसेस १२५ सगँ प्रतिश्पर्धा गर्नु पर्नेछ ।
जुपिटर १२५ मा १२४.८ सिसीको इन्जिन हुनेछ, जसले ९.३८ पिएस पावर र १०.५ एनएम टर्क जेनेरेट गर्नेछ ।
अहिले बजारमा उपलब्ध जुपिटरमा १०९.७ सिसीको इन्जिन छ जसले ७.४७ पिएस पावर र ८.४ एनएम टर्क जेनेरेट गर्छ ।
तपाईको प्रतिक्रिया