logo

नयाँ आर्थिक वर्ष सुरु भएपनि घटेन व्याजदर 

    1726   पटक पढिएको

८ साउन / अर्थ र व्यापार – नयाँ आर्थिक वर्ष सुरुसँगै बैंक तथा वित्तीय संस्थाहरुले नयाँ व्याज दर सार्वजनिक गरिरहेका छन् । असार अन्त्यदेखि हालसम्म व्याजदर सार्वजनिक गरिरहेका ६ वाणिज्य बैंकमा एनआइसी एशिया बैंकले मुद्दती निक्षेपमा सबैभन्दा धेरै व्याज दर प्रस्ताव गरेको हो । बैंकले १ वर्षे मुद्दतीमा ११.५० प्रतिशतसम्म व्याज दर तोकेको छ । तर, यो खातामा निश्चित अवधिपछि पुनः नयाँ व्याज दर लागु हुने बैंकले उल्लेख गरेको छ ।

अन्य वाणिज्य बैंकहरुले भने मुद्दतीमा अधिकत्तम ११ प्रतिशत व्याज दर कायम राखेका छन् । यता, बचत खातामा भने बैंकहरुले ३.७५ प्रतिशतदेखि ८ प्रतिशतसम्म व्याज दिइरहेका छन् । कर्जा लिनेले भने अहिले महंगो व्याज तिर्नु परिरहेको छ । शीर्षक अनुसार कर्जाको व्याज दर अधिकत्तम २० प्रतिशतसम्म पुगेको छ ।

नयाँ दर सार्वजनिक गरेको मेगा बैंकले कर्जाको शीर्षक अनुसारको न्युनत्तम दर भने उल्लेख गरेको छैन् । बैंकले बेस रेट ११ प्रतिशतको आधारमा थप ४ प्रतिशतदेखि ११ प्रतिशतसम्म व्याज दर तोकेको छ । टर्म लोन, घरजग्गा कर्जा, अटो कर्जा, सेयर धितोमा कर्जा १६ देखि १९.५ प्रतिशतसम्मको अधिकत्तम व्याज दर रहेको सुचना सार्वजनिक गरेको हो ।

यता, असार ३१ गते नयाँ सुचना सार्वजनिक गरेको सेञ्चुरी कमर्सियल बैंकले कर्जामा ११ प्रतिशतदेखि २० प्रतिशतसम्म तोकेको छ । टर्म लोन, घरजग्गा कर्जा, अटो कर्जा, सेयर धितोमा कर्जा १६ देखि १८.५ प्रतिशतसम्मको अधिकत्तम व्याज दर रहेको सुचना सार्वजनिक गरेको हो । साउन १ गते नयाँ सुचना सार्वजनिक गरेको सानिमा बैंकले १२ प्रतिशतदेखि १७ प्रतिशतसम्म व्याज दर लिइरहेको छ ।

कर्जाको लागि नबिल बैंक सबैभन्दा सस्तो देखिएको छ । बैंकको असार अन्त्यमा ६.६१ प्रतिशत बेस रेट रहेको छ । बैंकले अधिकत्तम १५ प्रतिशत व्याज दर लिइरहेको उल्लेख गरेको छ । असार २७ गते नयाँ दर सार्वजनिक गरेको एनआइसी एशिया बैंकले जेठको बेस रेट १०.९९ प्रतिशत उल्लेख गरेको छ । बैंकले कर्जामा १४ देखि १६ प्रतिशतसम्म व्याज दर लिइरहेको छ । साउन ६ गते नयाँ दर सार्वजनिक गरेको सनराइज बैंकले ११.१९ प्रतिशतदेखि अधिकत्तम १७.१९ प्रतिशतसम्म व्याज दर लिइरहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।