logo

नेपाल टेलिकमले १५ अर्बको नाफा कमाए

    1407   पटक पढिएको

३२ साउन / अर्थ र व्यापार – नेपाल दुरसञ्चार कम्पनी (टेलिकम)ले १५ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७२–७३ को तुलनामा आव २०७३–७४ मा कम्पनीको नाफा २९ प्रतिशतले बढेको हो । 

आयकरको लागि मात्रै कम्पनीले ५ अर्ब रुपैयाँ छुट्याएको छ । करअघिको कम्पनीको नाफा २० अर्ब रहेको छ । १५ अर्ब रुपैयाँको (चुक्ता पुँजी) भएको कम्पनीले १५ अर्ब कै नाफा गर्न सकेको हो ।

अघिल्लो आवमा कम्पनीको नाफा ११ अर्ब रहेको थियो । कम्पनीले सेवाबाट मात्रै ४० अर्ब ७४ करोड रुपैयाँ कमाएको छ । यसमा ३५ प्रतिशतले वृद्धि भएको हो । अन्य आम्दानीबाट कम्पनीले ४ अर्ब ८ करोड कमाएपछि कुल आम्दानी ४४ अर्ब ८३ करोड पुगेको छ ।

कम्पनीले १ अर्ब ६२ करोड रोयल्टि तिरेको छ । ह्रासकट्टा (डिप्रिसिएशन)मा कम्पनीले ४ अर्ब २१ करोड राखेको छ । ग्रामिण दुरसञ्चार बिकासको लागि खडा गरिएको कोषमा कम्पनीले ८१ करोड रुपैयाँ राखेको छ ।

कम्पनीको प्रशासनिक खर्च ४३ प्रतिशतले बढेर १ अर्ब ४४ करोड पुगेको छ । कम्पनीले कर्मचारीको सेवा अवधिपछिको लागि सुविधाको रुपमा ७ अर्ब ७४ करोड रकम छुट्याएको छ । कम्पनीले अघिल्लो आवमा यस्तो खर्च ७ अर्ब ३३ करोड छुट्याएको थियो।

कम्पनीको ७ अर्ब ८७ करोड रुपैयाँ बराबरको (वर्क इन प्रोग्रेस) निर्माण लगायतका काम भइरहेको छ । कम्पनीले ७ अर्ब ८७ करोड लगानी गरेको छ । कम्पनीसँग बिक्री हुन सक्ने सामानको मौज्दात (इन्भेन्ट्रि) ४८ करोड बराबर रहेको छ । कम्पनीले यसअघि उठाउन बाँकी २६ करोड उठाएपनि लगभग ३ अर्ब ४ करोड अझै उठाउन बाँकी छ ।

कम्पनीले विदेशी मुद्राको विनिमयबाट ६१ करोड घाटा लागेको छ । १ अर्ब २२ करोड रुपैयाँ फ्रिक्वेन्सी शुल्कको रुपमा तिरेको छ । चालु दायित्व १५ अर्ब रहेको कम्पनीको ६६ अर्बको चालु सम्पत्ती रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।