logo

नेपाल टेलिकमले १५ अर्बको नाफा कमाए

    1665   पटक पढिएको

३२ साउन / अर्थ र व्यापार – नेपाल दुरसञ्चार कम्पनी (टेलिकम)ले १५ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७२–७३ को तुलनामा आव २०७३–७४ मा कम्पनीको नाफा २९ प्रतिशतले बढेको हो । 

आयकरको लागि मात्रै कम्पनीले ५ अर्ब रुपैयाँ छुट्याएको छ । करअघिको कम्पनीको नाफा २० अर्ब रहेको छ । १५ अर्ब रुपैयाँको (चुक्ता पुँजी) भएको कम्पनीले १५ अर्ब कै नाफा गर्न सकेको हो ।

अघिल्लो आवमा कम्पनीको नाफा ११ अर्ब रहेको थियो । कम्पनीले सेवाबाट मात्रै ४० अर्ब ७४ करोड रुपैयाँ कमाएको छ । यसमा ३५ प्रतिशतले वृद्धि भएको हो । अन्य आम्दानीबाट कम्पनीले ४ अर्ब ८ करोड कमाएपछि कुल आम्दानी ४४ अर्ब ८३ करोड पुगेको छ ।

कम्पनीले १ अर्ब ६२ करोड रोयल्टि तिरेको छ । ह्रासकट्टा (डिप्रिसिएशन)मा कम्पनीले ४ अर्ब २१ करोड राखेको छ । ग्रामिण दुरसञ्चार बिकासको लागि खडा गरिएको कोषमा कम्पनीले ८१ करोड रुपैयाँ राखेको छ ।

कम्पनीको प्रशासनिक खर्च ४३ प्रतिशतले बढेर १ अर्ब ४४ करोड पुगेको छ । कम्पनीले कर्मचारीको सेवा अवधिपछिको लागि सुविधाको रुपमा ७ अर्ब ७४ करोड रकम छुट्याएको छ । कम्पनीले अघिल्लो आवमा यस्तो खर्च ७ अर्ब ३३ करोड छुट्याएको थियो।

कम्पनीको ७ अर्ब ८७ करोड रुपैयाँ बराबरको (वर्क इन प्रोग्रेस) निर्माण लगायतका काम भइरहेको छ । कम्पनीले ७ अर्ब ८७ करोड लगानी गरेको छ । कम्पनीसँग बिक्री हुन सक्ने सामानको मौज्दात (इन्भेन्ट्रि) ४८ करोड बराबर रहेको छ । कम्पनीले यसअघि उठाउन बाँकी २६ करोड उठाएपनि लगभग ३ अर्ब ४ करोड अझै उठाउन बाँकी छ ।

कम्पनीले विदेशी मुद्राको विनिमयबाट ६१ करोड घाटा लागेको छ । १ अर्ब २२ करोड रुपैयाँ फ्रिक्वेन्सी शुल्कको रुपमा तिरेको छ । चालु दायित्व १५ अर्ब रहेको कम्पनीको ६६ अर्बको चालु सम्पत्ती रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।