logo

नेपाल जग्गा तथा आवास विकास संघको १२ औं साधरणसभा सम्पन्न, अध्यक्षमा मीनमान श्रेष्ठ निर्वाचित

    1497   पटक पढिएको

८ पुस/ अर्थ र व्यापार  - नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा डाउनटाउन हाउजिङ कम्पनी प्राइभेट लिमिटेडका मीनमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १२ औँ साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा दुई वर्षका लागि निर्वा्चित गरेको हो । साधारणसभाबाट अध्यक्षसहित छ पदाधिकारी निर्विरोध निर्वाचित भएको संघका प्रशाकीय अधिकृत जगत श्रेष्ठले जानकारी दिए ।

नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रोपर्टी डिलर्स प्रालिका इच्छाबहादुर वाग्ले, द्वितीय उपाध्यक्षमा एसबी कम्पनी प्रालिका विदुर धमला, तृतीय उपाध्यक्षमा सिडी डेभलपर्स प्रालिका दीपक कुवँर, महासचिवमा वागमती प्रोपर्टी डिलर्स प्रालिका भेषराज लोहनी र कोषाध्यक्षमा कन्टिनेन्टल डेभलपर्स प्रालिका पुरुषोत्तम पौड्याल निर्विरोध निर्वा्चित भएका छन् ।

कार्यसमिति सदस्यमा तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, टंकबहादुर श्रेष्ठ, दीपक मलहोत्रा, आशिष गर्ग, गोविन्दप्रसाद लोहनी र सुमितकुमार अग्रवाल निर्वा्चित भए।साधारणसभाको उद्घाटन गर्दै संघका निर्वतमान अध्यक्ष इच्छाराज तामाङले घरजग्गा व्यवसायले देशको आर्थिक हिस्सामा ठूलो टेवा पुर्याउँदै आएको भए तापनि राज्यले व्यवसायीलाई उपेक्षित गरेको गुनासो गरे ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबल, सुदृढ र प्रतिष्ठित संस्थाको रुपमा स्थापित गर्न दत्तचित्त भई सबै व्यवसायीको हकहितको लागि निरन्तररुपमा प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।