logo

वाइडबडी जहाज किन्दा ६ अर्ब ५९ करोड घोटाला भएको लेखा समितिको दाबी

    1577   पटक पढिएको

९ मंसिर / अर्थ र व्यापार- आईतवार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले किनेको वाइडबडी जहाज प्रकरणमा त्रुटि भएको दाबी गर्दै विभिन्न प्रश्न गरेको छ । सिंहदरबारमा बसेको बैठकमा समितिका सभापति भरत शाहले विमान किन्दा ६ अर्ब ५९ करोड घोटाला भएको देखिएको दाबीसमेत गरेका छन् ।

समितिले निगमलाई हवाई सेवामा संलग्न व्यवसायीहरुका अनुसार हवाई जहाज खरिदमा उत्पादकहरुले १० प्रतिशत क्रेतालाई कमिशन दिने गर्दछन् भनिन्छ तर २४ अर्बको खरिदमा नेपाल वायुसेवा निगमलाई आउनुपर्ने कमिसन २ अर्ब ४० करोड कता गयो ? भन्ने प्रश्न समेत गरिएको छ । 

वाइडबडी विमान खरिदमा घोटाला भएको आरोप लागेपछि शुक्रवार पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरिद प्रक्रियाको सम्पूर्ण कागजात २४ घण्टाभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएका थिए । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कांग्रेस सांसद प्रकाशमान सिंहको संयोजकत्वमा वाइड बडी जहाज खरिदबारे छानबिन गर्न उपसमिति बनाएको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।