logo

एनसेलको नौं महिनाको खुद मुनाफा १२ अर्ब १८ करोड रुपैयाँ, भ्वाइस कलको ब्यापार घट्यो

    2459   पटक पढिएको

१२ मंसिर / अर्थ र व्यापार - निजी दुरसंचार सेवा प्रदायक एनसेलको नाफा घटेको छ। सन् २०१९ को तेस्रो त्रैमाशिक अवधिमा एनसेलको खुद नाफा १९.३५ प्रतिशतले घटेको हो। कम्पनीको सञ्चालन आम्दानी ५.७१ प्रतिशतले घट्दा नाफामा गिरावट आएको हो।

तेस्रो त्रैमाशिक अवधिमा एनसेलले १२ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिमा एनसेलले १५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको थियो।  दूरसञ्चार सेवा प्रदान गरिरहेको एनसेलले सञ्चालन कुल आम्दानी ४१ अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष कम्पनीको यस्तो आम्दानी ४४ अर्ब १२ करोड रुपैयाँ थियो। भ्वाइस सेवाबाट प्राप्त हुने आम्दानीमा भारी गिरावट हुँदा कुल आम्दानी प्रभावित भएको हो। 

कम्पनीले नेपाल सरकारलाई दूरसञ्चार सेवा मार्फत भुक्तानी गर्नु पर्ने शुल्क तिर्दा पनि नाफामा असर गरेको जनाएको छ। कम्पनीले रोयल्टी बापत यस वर्ष दुई अर्ब रुपैयाँभन्दा माथि भुक्तानी गरेको थियो। एक्जिएटाले नेपाल सहित मेलेसिया, इन्डोनेसिया, बंगलादेश, श्रीलङ्का, कम्बोडियामा टेलिकम कम्पनी खोलेर सेवा प्रदान गरिरहेको छ। ६ वटा देशमध्ये यस वर्ष एनसेलको नाफा घटेको हो। 

एक्जिएटाले लगानी गरेकामध्ये सबैभन्दा धेरै मलेसियाको सेलकमले ५४ करोड २४ लाख मेलेसियन रिङगेट नाफा आर्जन गरेको छ। नाफामा गिरावट आए पनि नेपाल दोस्रो नम्बरमा छ। नेपालले ४४ करोड २४ लाख  रिङगेट नाफा आर्जन गरेको हो। एक्जिएटाको टेलिकम्युनिकेसन अन्तर्गतका लगानीमा नाफा भए पनि अन्य क्षेत्रमा गरिएका लगानी नोक्सानमा छ। समग्रमा ग्रुपको नाफा भने एक अर्ब ३१ करोड रुपैयाँ रिङगेट छ।

पछिल्ला दुई वर्षदेखि एनसेलको भाइस कल सेवा मार्फत आर्जन हुने आम्दानीमा गिरावट आइरहेको छ। मलेसियमा पनि भ्वाइस कल मार्फत आर्जन हुने आम्दानीमा गिरावट आइरहेको एक्जिएटाले जनाएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।