१४ असार/अर्थ र व्यापार– नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले अटोमोवाईल्स क्षेत्रमा काम गर्ने व्यवसायी, कर्मचारी र मजदूरहरुका लागि कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सोमवार एक अपिल जारी गर्दै अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस व्यवसायमा संलग्न व्यवसायी, कर्मचारी, टेक्निसियन र मजदूरहरुका लागि खोप उपलब्ध गराउन माग गरेका हुन् ।
सरकारले निषेधाज्ञ क्रमशः हटाउदै गएको सन्दर्भमा नाडाले अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस व्यवसायमा संलग्न व्यवसायी, कर्मचारी र मजदूरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा व्यवसायमा संलग्न भई आफनो कार्यमा लाग्नु उच्च जोखिम भएको बताउदै कोभिड– १९ विरुद्धको खोप यथाशक्य छिटो उपलब्ध गराउन सरकारसंग माग गरेको छ ।
तपाईको प्रतिक्रिया