logo

एनएसीको आक्रमक मार्केटिङ, काठमाडौं–दोहा दुईतर्फी भाडा ३२,६०० रुपैयाँ मात्रै

    1814   पटक पढिएको


१८ साउन/अर्थ र व्यापार– दुईवटा वाइड बडी जहाज भित्र्याएका नेपाल वायुसेवा निगमले ‘प्रोमोसनल फेयर’ भन्दै काठमाडौं–दोहा–काठमाडौंका लागि जम्मा ३२ हजार ६ सय रुपैयाँमा टिकट बिक्री थालेको छ ।

यसअघि यही उडानका लागि ३४ हजार ६ सय रुपैयाँबाट टिकटदर सुरु हुन्थ्यो । बजार प्रवर्द्धनका लागि प्रोमोसनल फेयर ल्याएको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए । यो अक्टोबरसम्म कार्यान्वयनमा रहने निगमले जनाएको छ ।

कंसाकारले अन्तर्रा्ष्ट्रिय उडानमा निगमको बजार हिस्सा ११ प्रतिशत रहेको बताउँदै यसलाई बढाउने रणनीति अनुसार काम अघि बढिरहेको बताए ।  

निगमले २४ अर्ब ऋण लिएर दुईवटा वाइड बडी ल्याएको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर ल्याएको दुईवटा जहाज मध्ये एउटाले काठमाडौं–दोहा उडान थालिसकेको छ भने अर्को जहाज एयर अपरेशन सर्टि्फिकेट(एओसी)लिने प्रकृयामा छ।हिमालय एयरलाइन्सको दुईतर्फी भाडा ३८ हजार ५ सय रुपैयाँ छ।

काठमाडौं–दोहा उडानका लागि निगमको विजनेश क्लासको भाडा अन्य एयरलाइन्सका तुलनामा सस्तो छ । निगमको काठमाडौं–दोहा दुईतर्फी भाडा ७८ हजार ६ सय २ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।