logo

८ प्रतिशतले ओर्लियो मुद्दती व्याजदर

    2093   पटक पढिएको

११ भदौ / अर्थ र व्यापार – मुद्दती निक्षेपमा १२ देखि १४ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरिरहेका बैंकहरुले व्याज दर घटाउन सुरु गरेका छन् । यसअघि लगानी योग्य पुँजी अभावको समस्या खेपिरहेका बैंकहरुमा पछिल्लो समय यो समस्या हटेपछि बैंकहरुले निक्षेपको व्याज दर घटाउन थालेका हुन् । समस्या कायम रहँदा साधारण बचतमा नै ६ देखि ८ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरिरहेका बैंकहरुले अहिले मुद्दतीमा त्यो दर दिन थालेका छन् ।

अहिले मुद्दती निक्षेप राख्दा सबैभन्दा धेरै व्याजदर मेगा, जनता, सेञ्चुरी लगायतका बैंकहरुले दिइरहेका छन् । मेगा र सेञ्चुरी बैंकले मुद्दती निक्षेपमा १० प्रतिशतसम्म व्याज दर दिइरहेका छन् । सेञ्चुरी र जनता बैंकले बचतमा पनि ६ देखि ८ प्रतिशतसम्म व्याज दिइरहेको छ ।

यता, कुमारी, एभरेष्ट बैंकले मुद्दती निक्षेपमा अधिकत्तम ८ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरेका छन् । नेपाल एसबीआई बैंकले अधिकत्तम ८.५० प्रतिशत र नबिल बैंकले ९ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरेका छन् । सरकारी खर्च बढ्न थालेपछि र निक्षेपमा पनि सुधार हुन थालेपछि मुद्दती निक्षेपको व्याज दर घटेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने मुद्दती निक्षेपमा अधिकत्तम ७ प्रतिशतसम्म व्याज दर दिने भएको हो । साउन अन्त्यसम्ममा ८ देखि ११ प्रतिशत व्याज दर दिइरहेको बैंकहरुले यो दर घटाएका हुन् । अधिकांशमा मुद्दतीको व्याज दर ८ प्रतिशतमा रहेको छ । ८ प्रतिशत व्याज दर नै बजारमा हाल मुद्दती निक्षेपको लागि स्थापित व्याज दर भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।