३ पुष / अर्थ र व्यापार - काठमाडौं । मेनेजमेन्ट एसोसियसन अफ नेपाल(म्यान)ले मेनजेर अफ द अवार्डका लागि आवेदन खुल्ला गरेको छ । म्यानले पुरुष र महिला समुहमा अवार्ड वितरण गर्दै आएको छ । कम्पनीका प्रखुम कार्यकारी अधिकृत वा सिनियर मेनेजर स्तरमा लगातार २ बर्षदेखि काम गरिरहेकाहरुले आवेदन दिन सक्ने जनाएको छ । पब्लिक, प्राइभेट, गैर सरकार संस्था वा नागरिक समाज सम्बद्ध संस्थाहरुमा कार्यरतहरुले आवेदन दिन सक्नेछन् ।
जनवरी १० तारिख भित्र आवेदन दिइसक्न म्यानले अनुरोध गरेको छ । आवेदकहरुमध्येबाट उत्कृष्ठ पुरुष र महिला मेनेजरलाई पुरस्कृत गरिनेछ । म्यानले नेपालमा व्यवस्थापनका क्षेत्रमा तालिम, सेमिना, गोष्ठि लगायतका गतिबिधी मार्फत क्षमता अभिवृद्धिको काम गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया