logo

नेपालकै पहिलो आइभी सलाइन उत्पादन गर्ने उद्योग लोमसले किन्यो

    1952   पटक पढिएको

२१ मंसिर/ अर्थ र व्यापार  - लोमस समूहले जनकपुरमा रहेको हिमालयन प्यारेन्टियल एण्ड फर्मुलेशन उद्योग २० करोड रुपैयाँ किनेको छ । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंङ पाण्डेको समूहले ५० प्रतिशत शेयर हिस्सा किनेको हो ।
औषधी, सिमेन्ट, वित्तीय संस्था र हेलिकोप्टरमा लगानी गरिरहेको लोमसले केही दिनअघि मात्रै हिमालयन प्यारेन्टियलको डिल सकेको हो । हिमालयन प्यारेन्टियल कम्पनी नेपालको सलाइनमार्फत दिने औषधी (आइभी सलाइन) उत्पादन गर्ने पहिलो उद्योग हो । पाण्डेले हिमालयन प्यारेन्टियल उद्योग किनेको पुष्टी गर्दै भने, ‘केही दिनअघि मात्रै ५० प्रतिशत स्वामित्व हामीले किनेका छौं । हामीसँग लोमस फर्मा्स्टिकल्स चलाएको तीन दशकको अनुभव पनि छ । त्यही अनुभवका आधारमा हामीले उद्योग किनेका हौं।’ 

उनले अब उद्योगको क्षमता बढाउने बताए । उद्योगको व्यवस्थापन समेत लोमशलेनै हेर्नेछ । उनका अनुसार, उद्योगको नाम समेत परिवर्तन गरेर लोमश प्यारेन्टियल एण्ड फर्मुलेशन राखिनेछ । कौशलकिशोर सर्राफले ०६८ सालमा उद्योग स्थापना गरेका थिए । नेपालकै पहिलो आइभी सलाइन उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चल्न सकेको थिएन । अब लोमश समूहसँग तीन दशकदेखि औषधी उत्पादनको अनुभव भएकाले उद्योगको क्षमता अझै बढ्ने पाण्डे दाबी गर्छन् । 

उद्योगमा यूरोपेली प्रविधिबाट आइभी सलाइन उत्पादन हुन्छ । उद्योगबाट पाँच प्रकारका एन्टिवायोटिकदेखि ११ प्रकारका आइभी सलाइन उत्पादन हुँदै आएको छ । पूर्ण स्वचालित इटालियन मेशिनबाट आइभी सलाइन उत्पादन हुँदै आएको छ । पाण्डेले अमेरिका र युरोपमा उत्पादन हुनेस्तरकै आइभी सलाइन उत्पादन गर्ने प्रविधि उद्योगमा रहेको दाबी गरे । यो उद्योग डब्लुएचओरजिएमपी मापदण्ड अनुसार रहेको उनले जानकारी दिए । यो उद्योगबाट दैनिक ६० हजार आइभी सलाइन उत्पादन हुँदै आएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।