logo

नेपाल लगानी सम्मेलन मार्चमा हुने

    1428   पटक पढिएको

१० मंसिर / अर्थ र व्यापार- लगानी प्रवद्र्धन बोर्डको आइतबार सम्पन्न ३३ औं बैठकले नेपालले आगामी मार्च महिनामा नेपाल लगानी सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । लगानी प्रवद्र्धन बोर्डको बैठकले वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो ।

बोर्ड अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलन आयोजनाका लागी अर्थमन्त्री युवराज खतिवडा संयोजकत्वमा ११ सदस्यीय लगानी परामर्श समिति गठन गरेको छ । समितिले बोर्डको गतिविधिलाई बलियो बनाउन सघाउने जनाईएको छ । यसअघि सन् २०१७ मा आयोजना गरिएको लगानी सम्मेलनमा भारत लगायत विभिन्न मुलुकले १३ अर्ब ७४ करोड अमेरिकी डलर बराबरको लगानी प्रतिबद्धता जनाएका थिए । यद्यपी प्रतिवद्धता अनुरुपको लगानी आजसम्म आउन सकेको छैन  ।

बैठकले डोल्मा फण्ड म्यानेजमेन्टलाई मुस्ताङको लोमान्थाङमा सौर्य १५० मेगावाट र चिलिमे रसुवामा १२५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागी सर्वेक्षण गर्ने स्वीकृति प्रदान गर्न बोर्डलाई निर्देशन समेत दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।