logo

कर्मचारी सञ्चयकोषलाई काठमाडौं मलको व्यवस्थापनको जिम्मेवारी लिइदिन मलका व्यवसायीद्वारा आग्रह

    1524   पटक पढिएको

९ माघ/ अर्थ र व्यापार - काठमाडौं मल व्यवसाय संघले निकास पाएको छ । शिवलक्ष्मी कोजु समूहले काठमाडौं मलको ठेक्का नवीकरण नगरेपछि उत्पन्न अन्योलताको अन्त्य भएको हो । अर्को व्यवस्थासम्म मलको स्वामित्व रहेको कर्मचारी सञ्चयकोषर्लाइ नै व्यवस्थापनको जिम्मेवारी लिइदिन मलका व्यवसायीहरुले आग्रह गरेका थिए ।

सोही आग्रह अनुसार कोषले मल व्यवस्थापनको जिम्मेवारी लिएको छ । यससँगै कोषलाई भवन व्यवस्थापन नदिन विचौलियाले गरेको ठूलो कसरत विफल भएको छ । विवादपछि लामो समयदेखि द काठमाडौं मल ब्यवसाय संघको अध्यक्ष रहेका समिर उद्दीन शेखले राजिनामा दिएका छन् ।

उनको राजानिमासँगै सुषमा महरा र देवेन्द्र केसीको नेतृत्वमा छुट्टाछुट्टै बनेका समितिलाई द काठमाडौं मल ब्यवसाय संघमा समाहित गरिएको छ । वर्तमान अवस्थामा व्यवसायीका हकहितका लागि काम गरेर अन्योलताबाट निकास दिन महराको नेतृत्वमा ७ सदस्यीयदर्थ समिति गठन भएको छ ।

समितिमा मधुसुदन आचार्य बरिष्ठ उपाध्यक्ष र देवेन्द्र केसी, प्रकाश थापा, मुरारी कोइराला, रेक्सन बज्राचार्य, सोनिया शाह सदस्य रहेका छन् । सञ्चय कोषले भाडा निर्धारण गर्न समिति समेत बनाएको छ । महरा नेतृत्वको तदर्थ समितिले यसमा सघाउने र द काठमाडौं मल ब्यवसाय संघलाई ब्यवस्थित पार्ने काम गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।