१९ जेठ / अर्थ र व्यापार-शहरमा कतै रोपेको विरुवा हुर्काउन ठूलै मेहेनत गर्नुपछ किनभने शहरमा विकासका काम गर्दा निर्माणस्थलमा हुर्किएका रुख छन् भने नकाटी सुखै छैन । तर, अब काठमाडौं महानगरपालिकाले हुर्किएका रुखरुलाई चाहेको स्थानमा सार्न सकिने गरी ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन किन्ने भएको छ ।
साथै अब तत्काल २ वटा ट्रान्सप्लान्टर किन्नको लागि टेण्डर निकाल्न अन्तिम तयारी पनि भइरहेको छ । टेक्निकल स्पेशीफिकेशनसहित अब बोलपत्र आह्वान गर्न धेरै दिन लाग्दैन । यो मेसिन आएपछि विकासका काम गर्दा काठमाडौं उपत्यकामा हुर्किएका रुखहरु काट्नुपर्ने बाध्यता हट्नेछ । यो मेसिन आएपछि शहरमा हरियाली प्रवर्द्धन गर्न विभिन्न स्थानबाट हुकर्किएका रुख ल्याएर रोप्न पनि सक्छौं ।
यस्तै यसै आर्थिक वर्र्ष्भित्रै काठमाडौं महानगरपालिकाले ५ वटा ब्रुमर मेसिन पनि किन्ने भएको छ । महानगरपालिकाले राती सडक पखाल्न सुरु गरिसकेपछि १८ करोड खर्चेर ५ वटा ब्रुमर खरिदका लागि अर्थमन्त्रालयबाट रकम निकासा पनि पाएको छ । महानगरपालिकालाई सडक बढार्ने र धुलो तान्ने ब्रुमर किन्न ९ करोड रुपैयाँ अर्थ मन्त्रालयले निकासा दिएको छ ।
तपाईको प्रतिक्रिया