logo

काबरा ग्रुपको तीन प्रकारका तयारी चाउचाउ बजारमा

    2052   पटक पढिएको


१० भदौ/अर्थ र व्यापार– काबरा गु्रपले आइतबारदेखि तीन प्रकारका तयारी चाउचाउ उत्पादन गरेर बजारमा ल्याएको छ ।

मोरङको बुढीगङ्गा गाउँपालिकामा ७० करोडको लगानीमा स्थापित क्वालिटी नुडल्स इन्डस्ट्रिज प्रालिले ‘रोमियो’, ‘ज्याकपट’ र ‘निकनक’ ब्रान्डमा तीन प्रकारका तयारी चाउचाउ बजारमा ल्याएको हो ।

ग्रुपका संरक्षक ९२ वर्षीय गणपतलाल काबराले शनिबार चाउचाउको औपचारिक उद्घाटन गरे । 

सञ्चालक श्याम काबराका अनुसार ७० ग्रामको पाकेटमा निकालिएको ‘रोमियो’ चाउचाउको उपभोक्ता मूल्य १५ रुपैयाँ राखिएको छ । एक पाकेट ‘रोमियो’ चाउचाउ खरिद गर्दा एक थान ‘कान्छा चोकोकिड्स’ उपहार छ ।

त्यस्तै ५५ ग्रामको पाकेटमा उत्पादित ‘ज्याकपट’ चाउचाउको उपभोक्ता मूल्य १० रुपैयाँ छ । एक पाकेट ‘ज्याकपट’ खरिद गर्दा एक थान ठूलो चकलेट उपहार छ । ‘निकनक’ ब्रान्डको चाउचाउ ४५ ग्राममा छ । यसको उपभोक्ता मूल्य पनि १० रुपैयाँ नै राखिएको छ।

काबरा ग्रुपले ‘टेस्टी टेस्टी’, ‘बनबन’, ‘बटर क्रेकर’ र ‘डाइजेस्टिभ’ लगायतका बिस्कुटको उत्पादन गरिरहेको छ । 

आफ्नै कारखानामा उत्पादन र प्रिन्ट गरेको र्यापरमा चाउचाउ प्याक गर्ने आफू पहिलो उद्योगी भएको काबराले बताए । 

हाल दैनिक २२ घण्टा सञ्चालनमा आइरहेको उद्योगले प्रति दिन ६ लाख पाकेट चाउचाउ उत्पादन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।