logo

नेपालको काठमाडौंमा जापानिज रेष्टुरेन्ट उरुतोराको चेन

    1894   पटक पढिएको

११ भदौ / अर्थ र व्यापार – जापानिज चेन रेष्टुरेन्ट उरुतोराले नेपालमा पनि शाखा खोलेको छ । जापानमा उरुतोराको १२ वटा रेष्टुरेन्ट छ । तीन करोड रुपैयाँ लगानीमा काठमाडौंको वालुवाटारमा खोलिएको उरुतोरा रेष्टुरेन्टमा २५ जना कर्मचारी छन् । 

एक सय जनालाई एकैपटक सर्भिस दिन सकिने स्थान रहेको रेष्टुरेन्टमा जापानीज खानाका अलावा नेपाली खाना पनि पाइने छ । रेस्टुरेन्टका अध्यक्ष लोकनाथ वस्ती हुन् । 

जापानमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका अध्यक्ष वस्तीले जापानिज हस्पिटालिटी र म्यानरलाई नेपालमा ल्याएको हो । जापानमा काम गरेर फर्किएका नेपाली कुक र अन्य कर्मचारीले सेवा दिने यो रेस्टुरेन्टमा जापानबाट समेत कर्मचारीहरु आउने गरेका छन् ।

नेपालमा घुम्न आउने जापानीजहरु, जापानीज स्वादको खाना खाने र जापानमा बसेर फर्किएका तथा जापानीज खानाका पारखीहरुलाई लक्षित गरि रेस्टुरेन्ट खोलिएको हो । नेपालको पोखरा र चितवनमा समेत उरुतोरा रेष्टुरेन्टको शाखा खोल्ने योजना बनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।