logo

आईपीओमा पाँच करोड ४० लाखको पौने चार अर्बको आवेदन 

    1765   पटक पढिएको

१९ जेठ / अर्थ र व्यापार-छ्याङ्दी हाइड्रोपावरले निष्काशन गरेको साधारण सेयरमा झण्डै ६९ गुणा बढी आवेदन परेको छ । हाइड्रोको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले दिएको प्रारम्भिक तथ्यांक अनुसार लगानीकर्ताले पाँच करोड ४० लाख रुपैंयाको साधारण सेयरका लागि तीन अर्ब ७२ करोड २९ लाख ३९ हजार चार सय रुपैंयाको आवेदन गरेका हुन् ।

सेयर निष्काशन सुरु हुँदा संस्थागत लगानीकर्ताको आवेदन लिने कि नलिने भन्नेमा अन्यौलता थियो । अहिले त्यस्तो आवेदन रद्ध गराउन धितोपत्र बोर्डले निर्देशन दिइसकेको छ । साथै आस्बाको अन्तिम नतिजा बैंकहरुबाट आउने क्रम जारी छ ।
संस्थागत लगानीकर्ताको आवेदन रद्ध गर्दा कुल आवेदन रकम केही घट्ने छ भने आस्बाको अन्तिम नतिजा आउँदा वास्तविक तथ्यांक आउने छ । अहिले सेयर आवेदन रुजु गर्ने काम भैरहेको छ । छ्याङदीको साधारण सेयरमा कुल ९० हजार १३५ वटा आवेदन परेका छन् । जस मध्ये आस्वाबाट मात्रै ५९ हजार ८१९ आवेदनबाट दुई अर्ब ७३ करोड ४२ लाख १५ हजार छ सय रुपैंयाको आवेदन परेको छ ।

आस्वाबाहेकको सामान्य प्रकृयाबाट ३० हजार तीन सय १६ वटा आवेदनबाट ९८ करोड ८७ लाख २३ हजार ८०० रुपैयाँ बराबरको आवेदन परेको छ । छ्याङ्दीले जेठ १४ देखि १८ गतेसम्म पाँच लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।