logo

लगानीकर्ताको सम्पत्ति ५ अर्बले बढ्यो

    1627   पटक पढिएको

८ असार / अर्थ र व्यापार - बुधबार नेप्से परिसूचक ३ दशमलव ६२ अंक बढेको छ । परिसूचक बढेसँगै लगानीकर्ताको सम्पत्ति पनि ५ अर्ब बढेको छ । अघिल्लो दिन १ हजार ५ सय ५० को टेवा परीक्षणमा रहेको नेप्से परिसूचक यस दिन सोही बिन्दुमा टेवा पाएर उकालो लागेको हो । बजार खुलेदेखि ओरालो लागेको नेप्से कारोबारको १ घन्टा अवधिपछि बढ्न थालेको थियो । मध्याह्नमा १ हजार ५ सय ५८ बिन्दुमा पुगेको नेप्से बजारमा बिक्रीकर्ताहरूको चाप बढ्न थालेपछि अन्तिम समयमा सामान्य घटेर १ हजार ५ सय ५४ दशमलव ६९ बिन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचक बढे पनि यस दिन कारोबार रकममा भने केही सुधार हुन सकेन । तरलताको कमी र सेयर आपूर्ति बढेका कारण कारोबार रकम घट्ने क्रममा रहेको छ । अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम ११ करोड १७ लाख घटेको छ । लगानीयोग्य पुँजी बढाउन बैंकहरूले दिइरहेको उच्च ब्याजदरले पनि कारोबार रकममा प्रभाव परेको छ ।

नेप्सेको १४ दिने आरएसआई यस दिन ३५ दशमलव ५१ स्केलमा रहेको छ । आरएसआई न्युट्रल जोनमा रहनुले बजारमा सेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ६८ अंक बढेर ३ सय २९ दशमलव ७५ बिन्दुमा पुगेको छ । यस दिन १ सय ५२ कम्पनीको ४ हजार ७ सय ८९ पटकको कारोबारमा रू. ४६ करोड ७५ लाखबराबरको ८ लाख ९३ हजार कित्ता सेयर खरिद बिक्री भयो । यस दिन एभरेष्ट बैंकको रू. ४ करोड १० लाखबराबरको सेयर कारोबार भएको छ । फरवार्ड कम्युनिटीको सेयर मूल्य यस दिन ६ प्रतिशत बढेको छ भने हिमालयन डिस्टिलरीको सेयर मूल्य साढे ७ प्रतिशत घटेको छ ।

यस दिन बिमा समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ३३ प्रतिशत, होटेल समूहको शून्य दशमलव ३१ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव १७ प्रतिशत बढेको छ । कारोबारमा आएको उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव ३४ प्रतिशत, वित्त समूहको शून्य दशमलव २ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव १७ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव शून्य ८ प्रतिशत घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।