logo

करीब ११ लाखको लागतमा उद्यान निर्माण कार्य सुरू

    1608   पटक पढिएको

१ असोज / अर्थ र व्यापार – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा करीब  ११ लाख रुपैयाँको लागतमा उद्यान निर्माणको कार्य सुरू गरिएको छ । जिल्ला वन कार्यालयको  आठ लाख ५४ हजार रुपैयाँ, नगरपालिकाको  दुई लाख रुपैयाँ र निड्स नामक गैरसरकारी संस्थाको  एक लाख ७५ हजार रुपैयाँको लागतमा उद्यान निर्माणको कार्यलाई अगाडि बढाएकोे हो ।

नगरपालिकाको स्वामित्वमा रहेको उद्यानमा एककोठे कार्यालय भवन, प्रवेशद्वार, शौचालय, २८० मिटर चौडाइको बोल्डर पिच, ब्याडमिण्टन कोर्ट निर्माण गरिएका छन् । उद्यानमा ८० प्रजातिका फूलका बिरुवा रोपिएको छ । चार बिघा क्षेत्रफलमा फैलिएको उद्यानमा दुई हजार सिसौ, लिप्टिस, सागुन, बाँस, लहरेपीपल, वरलगायतका रुख प्रजातिका बिरुवा रोपेको छ ।

उद्यानमा घेरबार राख्नका लागि यसअघि नगरपालिका र वडा कार्यालयले  पाँच लाख रुपैयाँ खर्च गरेको थियो । उद्यानमा सेड हाउस, पानीका फोहरा, बालबालिका खेल्नका लागि आवश्यक सामग्री, उद्यानमा घुम्न आउनेहरूका लागि विश्रामस्थल निर्माणका लागि भविष्यमा कार्य अगाडि बढाइने छध् ।

यसका अतिरिक्त वडा कार्यालय, सामाजिक संघसंस्थाका कार्यालय भवन र खेलकुदका लागि मैदानसमेत निर्माण गर्ने लक्ष्य लिएको छ । सनवोरा नदी किनाराको एकान्त क्षेत्र भएकाले बजारको कोलाहलबाट टाढा रम्नेका लागि उद्यान गतिलो गन्तव्य हुनेछ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।