logo

हुम्लाको हिल्सा नाका खुल्यो, खाद्यन्न र दैनिक उपभोग्य सामाग्रीको ढुवानी शुरु

    4103   पटक पढिएको

३० मंसिर/अर्थ र व्यापार– चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा आएको छ ।

कोरोना महामारीको संक्रमण र हिमपातले करिब ९ महिना भन्दा बढी बन्द रहेको हिल्सा नाकाबाट खाद्यान्नसहित दैनिक उपभोग्य सामग्रीको ढुवानी शुरु भएको हो ।

सदरमुकाम सिमकोटबाट हिल्सा नाका गएका आठ ओटा टिपरले सोमवार खाद्यान्नसहित दैनिक उपभोग्य सामग्री लिएर फिर्ता भएका छन् ।

स्थानिय दोर्जे लामाका अनुसार कोरोना जोखिमले सीमा नाका बन्द भएपछि गत वर्ष हिल्सामै टिपर रोकिएका थिए । ती टिपरमा खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री रहेका थिए ।

यस्तै, चीनबाट पनि लकडाउनपछि पहिलो पटक १२ ओटा गाडीले हिल्सासम्म पुगेर सामग्री पु¥याएका थिए । 
नाम्खा गाउँपालिकाको पहलमा चिनियाँ दूतावाससँगको समन्वयमा वडा नं १ देखि वडा नं ५ सम्मका स्थानीयवासीको आवश्यकता पूरा गर्नसामान आयात भएको हो ।

चिनको ताक्लाकोटमा रहेका व्यापारीले रू. दुई करोड ५३ लाख मूल्यका मैदा, चामल, तेल, चिया, जुत्ता, कम्बललगायतका दैनिक उपभोग्य बस्तु गाडीमा ढुवानी गरेर नेपाल पठाएको ताक्लाकोटमा रहेका कैलाश व्यापार महासंघका उपाध्यक्ष पेमा लामाले जानकारी दिए । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।