२२ मंसिर/अर्थ र व्यापार– हुलास स्टील ईन्डस्ट्रिज लिमिटेडको ३९औं वार्षिक साधारण सभा आगामी पुस १५ गते गर्ने भएको छ ।
कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १५ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय गोल्छा हाउस, काठमाडौंमा अपरान्ह्र २.३० बजे भर्चुअल माध्यमबाट शुरु हुने बताएको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साथै, व्यावसायिक सामाजिक जिम्मेवारीका लागि छुट्याइएको रकम अनुमोदन गर्ने, सञ्चालकहरुको पारिश्रमिक निर्धारण गर्ने र विविध विषयमा छलफल गर्नेछ ।
तपाईको प्रतिक्रिया