logo

जलविद्युतका शेयरधनीलाई घाटाबाट कसरी जोगाउने ? नौगड आयोजना प्रमुख भन्छन् - बाख्रापालन गरौं 

    2035   पटक पढिएको

२५ मंसिर / अर्थ र व्यापार - जलविद्युत क्षेत्र रुग्ण बन्दै गएपछि शेयरधनीहरू डुब्ने अवस्थामा पुगेको हाइड्रोपावरकै सञ्चालकहरू भन्न थालेका छन्।मंगलबार अपी पावर कम्पनीले माथिल्लो नौगड गाड आयोजना निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले जलविद्युत व्यवसाय मर्ने अवस्थामा आएको बताए। 

जलविद्युत कम्पनीहरूले धेर(थोर नाफा कमाइरहेको भए पनि बजार बिग्रिएको, बैंक ब्याजदर बढेको र आयोजनाको निर्माण लागत पनि बढेको भन्दै उनले दुखेसो व्यक्त गरे। कार्यक्रममा उनले कामदारको पारिश्रमिक तथा प्राविधिक सामानको लागत बढ्दा प्रोजेक्टहरू मारमा परेको बताए। ऊर्जा उद्योग धरासायी हुँदै गर्दा हाइड्रोले मात्रै पेट नभरिने हुँदा सँगसँगै अन्य आर्थिक उपार्जनका काम पनि गर्नुपर्ने उनले बताए।

‘अहिले सरकारले कृषिमा सहयोग गरिरहेको छ। अब हाइड्रोपावर र बाख्रापालन सँगै गर्नुपर्छ,’ उनले भने, ’हाइड्रोपावर र पर्यटन, फलफूल खेती सँगै गर्नुपर्छ।’ विद्युतको खपत बढाउनका लागि किसानहरूलाई विद्युतिय उपकरण वितरण गर्नुपर्ने उनको तर्क थियो। जलविद्युत आयोजनामात्रै निर्माण गर्दा लगानीकर्ता मारमा पर्ने हुँदा अन्य वैकल्पिक आय स्रोतहरू खोजिनु पर्ने भनाइ उनले राखे । 

कम्पनीले यसअघि २०७२ भदौमा नौगड गाड आयोजना ८.५ मेगावाट साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरेको थियो। माथिल्लो नौगड गाडसहित कम्पनीले १६.५ मेगावाट क्षमताको विद्युत उत्पादन गरेको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।