logo

जलविद्युतका शेयरधनीलाई घाटाबाट कसरी जोगाउने ? नौगड आयोजना प्रमुख भन्छन् - बाख्रापालन गरौं 

    1781   पटक पढिएको

२५ मंसिर / अर्थ र व्यापार - जलविद्युत क्षेत्र रुग्ण बन्दै गएपछि शेयरधनीहरू डुब्ने अवस्थामा पुगेको हाइड्रोपावरकै सञ्चालकहरू भन्न थालेका छन्।मंगलबार अपी पावर कम्पनीले माथिल्लो नौगड गाड आयोजना निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले जलविद्युत व्यवसाय मर्ने अवस्थामा आएको बताए। 

जलविद्युत कम्पनीहरूले धेर(थोर नाफा कमाइरहेको भए पनि बजार बिग्रिएको, बैंक ब्याजदर बढेको र आयोजनाको निर्माण लागत पनि बढेको भन्दै उनले दुखेसो व्यक्त गरे। कार्यक्रममा उनले कामदारको पारिश्रमिक तथा प्राविधिक सामानको लागत बढ्दा प्रोजेक्टहरू मारमा परेको बताए। ऊर्जा उद्योग धरासायी हुँदै गर्दा हाइड्रोले मात्रै पेट नभरिने हुँदा सँगसँगै अन्य आर्थिक उपार्जनका काम पनि गर्नुपर्ने उनले बताए।

‘अहिले सरकारले कृषिमा सहयोग गरिरहेको छ। अब हाइड्रोपावर र बाख्रापालन सँगै गर्नुपर्छ,’ उनले भने, ’हाइड्रोपावर र पर्यटन, फलफूल खेती सँगै गर्नुपर्छ।’ विद्युतको खपत बढाउनका लागि किसानहरूलाई विद्युतिय उपकरण वितरण गर्नुपर्ने उनको तर्क थियो। जलविद्युत आयोजनामात्रै निर्माण गर्दा लगानीकर्ता मारमा पर्ने हुँदा अन्य वैकल्पिक आय स्रोतहरू खोजिनु पर्ने भनाइ उनले राखे । 

कम्पनीले यसअघि २०७२ भदौमा नौगड गाड आयोजना ८.५ मेगावाट साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरेको थियो। माथिल्लो नौगड गाडसहित कम्पनीले १६.५ मेगावाट क्षमताको विद्युत उत्पादन गरेको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।