logo

होण्डाले नयाँ स्कुटर सार्वजनिक ग¥यो (ग्रेजा)

    3470   पटक पढिएको


मंसिर ५ / अर्थ र व्यापार - होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले भारतीय बजारमा नयाँ स्कुटर सार्वजनिक गरेको छ । होण्डाले ‘अर्वान एड्भान्स स्कुटर’ नारा दिएर ग्रेजा स्कुटर सार्वजनिक गरेको हो । ग्रेजा होण्डाले सार्वजनिक गरेको यो वर्षको तेस्रो मोडल स्कुटर हो । भि–सेप हेडलाईटमा उपलब्ध यो स्कुटरमा सबै लाइटहरु एलइडी प्रयोग गरिएको कम्पनीले जनाएको छ । 
विभिन्न ६ रंग भेरियन्टमा उपलब्ध ग्रेजा मेटालिक ओरेन्ज, ग्लोस् व्ल्याक, रातो, सेतो, मेटालिक ग्रे र मेटालिक ब्लु रंगका रहेका छन् । कम्बी ब्रेक सिस्टममा आएको यस स्कुटरमा १२ इन्च ह्विल बेस रहेको छ । १ सय २५ सीसी इन्जिन क्षमता रहेको ग्रेजामा ५.३ लिटर इन्धन अट्ने ट्यांकी राखिएको छ । १ सय ७ किलो तौल भएको यो स्कुटर सहरी यात्राका लागि उपयुक्त हुने विश्वास कम्पनीले लिएको छ । ग्रेजा स्कुटर ३ भेरिएन्टमा बजारमा पाउन सकिने होण्डाले जनाएको छ । होण्डाका अनुसार ग्रेजा स्टान्डर्ड, ग्रेजा एलोइ र ग्रेजा डिलक्स रहेका छन् । भारतीय बजारमा नेभेम्बर ८ मा आएको ग्रेजाको मूल्य ५७ हजार ८ सय ९७ देखि ६२ हजार २ सय ६९ भारतीय रुपैयाँसम्म तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।