logo

हिमालयन डिष्ट्रिलरीद्वारा व्यापार बढाउँदै बस्तु बिक्रीको खर्चमा नियन्त्रण गर्दा मुनाफा बढ्यो

    1597   पटक पढिएको

२९ माघ /अर्थ र व्यापार - हिमालयन डिष्ट्रिलरी कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा वृद्धि गरेको छ । मदिराजन्य उत्पादनमा नेपालको प्रमुख मध्ये एक यस कम्पनीले आफ्नो खुद नाफा ७५.४७ प्रतिशत बढाएको हो । कम्पनीले व्यापार बढाउँदै बस्तु बिक्रीको खर्चमा उल्लेखनीय नियन्त्रण गर्दा मुनाफा बढेको हो ।

कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड ५८ लाख १२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १० करोड ५८ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ७ करोड ९९ लाख २० हजार रूपैयाँ धेरैले नाफा बढाएको हो ।

कम्पनीले गत पुस मसान्तको तुलनामा व्यापारमा लाग्ने खर्च ह्वात्तै घटाएपश्चात कम्पनीको नाफामा आकर्षक बढोत्तरी भएको हो । गत वर्ष पुस मसान्तसम्म कम्पनीले १९ करोड ५७ लाख ५४ हजार रुपैयाँ कम्पनीको व्यापार खर्च थियो तर अहिले उक्त शीर्षकको खर्च ११ करोड २ लाख ८३ हजारमा सीमित छ ।
चुक्ता पूँजी ३८ करोड ५६ लाख ४५ हजार ५०० रुपैयाँ रहेको हिमालयन डिष्ट्रिलरीको वार्षिक प्रतिशेयर आम्दानीमा पनि ४१ रुपैयाँ ४४ पैसाको आकर्षक सुधार भएको छ ।

चालू आवको ६ महिना अवधिमा कम्पनीको वार्षिक ईपिएस ९६ रुपैयाँ ३६ पैसा कायम भएको छ । गत आवको पुस मसान्तमा कम्पनीको इपिएस ५४ रुपैयाँ ९२ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात २८.८३ गुणा धेरै रहेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।