२४ जेठ / अर्थ र व्यापार- आफ्ना ५ विभिन्न मोडलको मोटरसाइकल उत्पादन गर्ने क्रम हिरो मोटोकर्पले बन्द गरेको छ । आफ्नो उत्पादन सूचीबाट केही महिना अघि नै कम्पनीले यी मोडलका मोटरसाइकल हटाएको हो।
हिरोले हंक, एक्स्ट्रिम स्पोर्टस्, ग्ल्यामर, डाउन र इग्नीटोर मोटरसाइकलको उत्पादन बन्द गरेको हो।
हंक र एक्स्ट्रिम स्पोर्टस १ सय ५० सिसि र इग्नीटोर, ग्ल्यामर र डाउन १ सय २५ सिसि मोटरसाइकल हुन्। ग्ल्यामर र डाउन नेपाली बजारमा थोरै मात्रामा विक्री भएका थिए ।
तपाईको प्रतिक्रिया