९ साउन / अर्थ र व्यापार – सोमबार बजारमा सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । फाइन सुनको मूल्यमा यस दिन सो दर कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्टान्डर्ड सुनको मूल्य भने ५४ हजार १ सय रुपैयाँ कायम भएको छ । विगत १० दिनयता बढिरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ ।
अर्थात आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भएको हो । यसअघि असार ३० गते फाइन सुन प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज प्रतितोला ७४० रुपैयाँमा कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया