६ साउन / अर्थ र व्यापार – एकसातामै सुनको मूल्य तोलामा १ हजार रुपैयाँ महँगो भएको छ । गत शुक्रबार प्रतितोला ५३ हजार रुपैयाँ रहेको सुन आज ५४ हजार पुगेको छ ।
अघिल्लो दिन ५३ हजार ७ सय रुपैयाँ रहेकोमा आज थप ३ सय रुपैयाँले सुन महँगो भएको हो । यो मूल्य फाइन (९९.९ प्रतिशत शुद्ध) गुणस्तरको मूल्य हो । स्टान्डर्ड (९९.५ प्रतिशत शुद्ध) सुनको मूल्य योभन्दा ३ सय रुपैयाँ कम पर्ने गर्दछ ।
चाँदी एक साताको अवधिमा २० रुपैयाँले महँगो भएको छ । गत शुक्रबार प्रतितोला ७१० मा कारोबार भएकोमा आज ७३० पुगेको छ । अघिल्लो दिन ७२५ मा कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिया