१० चैत्र /अर्थ र व्यापार –आइतबार सुनको भाउ तोलामा ४ सय बढेको छ । सुन आइतबार तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार बढेको हो । चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
तपाईको प्रतिक्रिया