१२ साउन / अर्थ र व्यापार – सुन एक महिनायताकै उच्च मूल्यमा पुगेको छ । आज ४ सय रुपैयाँले महँगिएपछि सुनको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला ५४ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५४ हजार १ सय थियो । यसअघि सुन असार २६ गते ५२ हजार ८ सय रुपैयाँसम्म झरेको थियो ।
चाँदी पनि महँगिएको छ । चाँदी आज प्रतितोला ७४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि हिजो ७३५ थियो । यसअघि असार २६ गते ७०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिया