१५ चैत्र /अर्थ र व्यापार – सुनको मुल्य शुक्रबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुनको मुल्य शुक्रबार तोलाको ५९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन तोलाको ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको हो । बिहीबार प्रति औंस १३ सय ११ डलरमा कारोबार भएको सुनको भाउ शुक्रबार २० डलर घटेर प्रति औंस १२ सय ९१ डलरमा झरेको हो ।
यस्तै चाँदी पनि शुक्रबार तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी शुक्रबार तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया