२९ भदौ / अर्थ र व्यापार – सुनको मूल्य बिहीबार ५७ हजारमुनि झरेको छ। अघिल्लो दिन तोलामा ५७ हजार १ सय रुपैयाँ रहेकोमा आज ५६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य ५७ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो। ६ दिनको अवधिमा करिब १ हजार रुपैयाँले मूल्य घटेको छ । त्यस्तै चाँदी अघिल्लो दिनभन्दा तोलामा ५ रुपैयाँ घटेर ७८० कायम भएको छ ।
तपाईको प्रतिक्रिया