२१ फागुन /अर्थ र व्यापार – सुनचाँदीको मुल्य मंगलबार घटेको छ । सुन मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन तोलाको ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी पनि मंगलबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया