२ माघ/अर्थ र व्यापार– शुक्रबार सुन तोलामा ४ सय रूपैयाँले बढेको । बिहीबारको तुलनामा ४ सय रूपैयाँले बढेर आज ९२ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्वसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । बिहीबार प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनमा १५ रूपैयाँले बढी हो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४९ अमेरिकी डलर कायम छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले एक सातामा सुनको मुल्यमा समग्रमा २ हजार आठ सय रुपैयाँले गिरावट आएको बताएको छ ।
विश्व बजारमा नै सुनचाँदीको मूल्य उतारचढावपूर्ण रहेकाले यो अनिश्चयमा नेपालमा पनि अझै मूल्य घट्ने अनुमान व्यवसायीहरुले गरेको छ ।
तपाईको प्रतिक्रिया