२७ असार / अर्थ र व्यापार – मंगलबार सुनको मूल्य ५३ हजारभन्दा मुनि कायम भएको छ । आइतबार प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ५२ हजार ८ सय रुपैयाँमा झरेको छ ।
सोमबार पनि सोही मूल्यमै सुनको कारोबार भएको थियो । यसअघि शुक्रबार प्रतितोला ५३ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ७०५ रुपैयाँ कायम भएको छ । शुक्रबार ७३० रहेको मूल्य तीन दिनमै २५ रुपैयाँले घटेको छ ।
तपाईको प्रतिक्रिया