१ साउन / अर्थ र व्यापार – साउनको पहिलो दिन सुनको मूल्य बढेको छ । आज प्रतितोला २ सय रुपैयाँले सुन महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज ५३ हजार ५ सय पुगेको छ । यो ९९.९ प्रतिशत शुद्ध सुनको मूल्य हो ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया