८ साउन / अर्थ र व्यापार – नेपाली बजारमा सुनको भाउ आईतबार तोलामा ४ सय रुपैयाँ बढेको छ । गत शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ आज फेरी ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुनको भाउ तोलाको ५४ हजार रुपैयाँ थियो । गत बिहीबार ५३ हजार ७ सय रुपैयाँ प्रतितोला रहेको सुनको भाउ शुक्रबार तोलामा ३ सय बढेको थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर ७ सय ४० रुपैयाँ प्रतितोला पुगेको छ । गत शुक्रबार चाँदी प्रति तोला ७ सय ३० रुपैयाँ थियो ।
तपाईको प्रतिक्रिया