२३ भदौ / अर्थ र व्यापार – सुनको मूल्य शुक्रबार तोलामा करिब ५८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रतितोला ५७ हजार ८ सय रुपैयाँ तोकेको छ ।
महासंघका अनुसार शुक्रबारको मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँ बढी हो । त्यस्तै चाँदी पनि महँगिएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले महँगिएर चाँदी ७९५ कायम भएको छ ।
अन्तराष्ट्रिय समुदायमा उत्तर कोरियाको तनाव बढ्दै जाँदा सुनको मूल्य पनि बढिरहेको छ । एक महिनाकै अवधिमा सुनको मूल्य प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको छ ।
तपाईको प्रतिक्रिया