१९ भदौ / अर्थ र व्यापार – सुनको मूल्य सोमबार पनि बढेको छ । तोलामा २ सय रुपैयाँले बढेर यस दिन ५७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५६ हजार ८ सय रुपैयाँ तोकिएकामा आज थप महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्यसँगै चाँदी पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ७८० कायम रहेको चाँदी आज ७८५ कायम भएको छ । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरिरहँदा विश्वका लगानीकर्ता सुनका आकर्षित भएका छन् । जसले गर्दा मूल्य महँगिएको हो ।
तपाईको प्रतिक्रिया