३१ बैशाख /अर्थ र व्यापार – सुनको मुल्य मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको छ । सुन मंगलबार तोलाको ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार स्थिर रहँदै तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको हो । भारतीय रुपैयाँ कमजोर भएको तथा चीनले अमेरिकी सामानमा कर बढाएपछि अन्तराष्ट्रिय बजारमा नै सुनको भाउ बढेको महासंघले जनाएको छ ।
यसकै प्रभावले नेपाली बजारमा सुन महंगिएको हो । यस्तै चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया