१३ माघ/अर्थ र व्यापार– केही दिनदेखी लगातार घटेको सुनको मूल्य मंगलबार पुन तोलामा ४ सय रुपैयाँले बढेको छ ।
सोमबार तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
चारदिन देखि प्रतितोला एक हजार २ सय ६० रुपैयाँमा स्थिर रहेको चाँदी मंगलबार तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा बिहान सुन प्रतिऔंस १८५५ .७६ डलर र चाँदी प्रतिऔंस २५.३३ डलरमा कारोबार भएको छ।
तपाईको प्रतिक्रिया