२३ असार / अर्थ र व्यापार – यो साता सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलामा ५४ हजार ३ सय रुपैयाँ रहेकोमा आज शुक्रबार ५३ हजार ५ सय कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा भने यो मूल्य १ सय रुपैयाँ मात्रै कम हो । यो फाइन गुणस्तरको मूल्य हो । त्यस्तै, स्टान्डर्ड सुनको मूल्य भने तोलामा ५३ हजार २ सय रुपैयाँ रहेको छ ।
चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । गत शुक्रबार तोलामा ७ सय ४५ कायम रहेकोमा आज ७ सय ३० कायम भएको छ ।
तपाईको प्रतिक्रिया