३ असोज / अर्थ र व्यापार – विगत दस दिनयता सुनको मूल्य तोलामा १५ सय रुपैयाँले सस्तिएको छ । भदौ २३ गते प्रतितोला ५७ हजार ८ सय रुपैयाँ रहेको सुन असोज ३ गते ५६ हजार ३ सयमा झरेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि दस दिनमा ३५ रुपैयाँले झरेको छ । भदौ २३ गते प्रतितोला ७९५ रहेको चाँदी असोज ३ गते ७६० कायम भएको छ ।
तपाईको प्रतिक्रिया