१२ माघ/अर्थ र व्यापार– सोमवार नेपाली बजारमा सुनको मूल्यमा रू.२०० ले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएकोमा सोमवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको छ । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. २०० ले घटेको हो ।
तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला रू. एक हजार २६० मा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया