९ माघ/अर्थ र व्यापार– शुक्रबार सुनको मुल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ९२ हजार ९ सय रुपैयाँ कायम भएकोे हो।
महासंघले आज शुक्रबारका लागि तेजावी सुनको मसल्य ९२ हजार ४ सय रुपैयाँ तोकेको छ । बिहीबार तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य १२ सय ६० रुपैयाँमा पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य १५ रुपैयाँ बढी थियो ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया