३१ जेठ / अर्थ र व्यापार - सुनको मूल्य प्रतितोला ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रश्तुत भएसंगै सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
सुनको मूल्य उकालो लाग्नुको मुख्य कारण बजेटमा बढाइएको भंसारकर भएको नेपाल सुनचाँदी रत्न तथा आभूषणका सभापति रमेश महर्जनको भनाइ छ । बजेटयता सुन प्रतितोला ३ हजार ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघको तथ्यांकमा उल्लेख छ । चाँदीको मूल्य ७ सय २० रुपैयाँ पुगेको छ । चाँदीको मूल्यमा भने सामान्य उतारचढाब देखिएको छ । हिजो ७ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ बढेको हो ।
तपाईको प्रतिक्रिया