logo
Monday, 14 April 2025, 12:18:58 pm

सुनको मुल्य तोलामा ३ सयले घट्यो

    1255   पटक पढिएको

२२ फागुन /अर्थ र व्यापार - बुधबार सुनको मुल्य ३०० रुपैयाँले घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्ने क्रममा यसको असर नेपाली बजारमा पनि परेको थियो । तर सुनको भाउ दुई हप्तामा प्रति तोला २६०० रुपैयाँले घटेको छ । फागुन ८ गते इतिहासकै महँगो ६३ हजार तीन सय रुपैयाँसम्म कारोबार भएकोमा त्यसयता लगातार घट्दा बुधबार ६० हजार ७०० रुपैयाँमा झरेको हो । 

अमेरिका र चीन विचको ब्यापार युद्धको प्रभावले सुनको भाउ बढेको थियो । पछिल्ला दिनमा डोनाल्ट ट्रम्पले विवाद समाधानको लागि निरन्तर पहल गरेसँगै डलरको अवस्था सुधार भएपछि सुनमा गिरावट आएको हो । अमेरिकी अर्थतन्त्रमा केहि सुधारका संकेत देखा पर्दा डलर मजबुत हुने क्रम बढेको र सुनको भाउ घट्न थालेको हो । त्यस्तै चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर ७४० रुपैयाँमा कारोबार भएको छ । गत फागुन ८ गते चाँदीको भाउ पनि अधिकतम ७८४ रुपैयाँमा कारोबार भएको थियो । त्यस यता चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले घटेको थियो । 

सुन चाँदीको भाउ अस्वभाविक रुपमा बढ्न थाले पछि नेपाली बजारमा कारोबार नै सुस्ताएको थियो । नेपालमा सुनको भाउ ६० हजार रुपैयाँ नाघेपछि कारोबार नै घट्ने गरेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।